समाचार

विदेश पढ्न जाने विद्यार्थीका लागि एनओसी पुनः प्रदान गर्ने सरकारको निर्णय

23 cabinet meeting

११ भदौ, काठमाडौं । सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) पुनः प्रदान गर्ने निर्णय गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर पुन: जारी  गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

कोरोना भाइरसका कारण गत चैतदेखि सरकारले विद्यार्थीलाई नो अब्जेक्सन लेटर वितरण गरेको थिएन । अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस