समाचार

कर्णालीमा थपिए २५ जना कोरोना संक्रमित

covid 19 test

११ भदौ, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार १३ र जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार १२ जना गरी २५ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार थपिएका संक्रमित दैलेखको दुल्लु नगरपालिकाका ६/६ जना महिला र पुरुष गरी १२ जना रहेका छन् ।

यस्तै, काठमाडौंका ३ जना, सुर्खेत, जाजरकोट र बाँकेका दुई/दुईजना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका एक/एकजना रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३४४ पुगेको छ । जसमध्ये २०२५ जना डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । ३१३ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस