११ भदौ, काठमाडौं । पोखरामा पूर्व बैंक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन् ।
बिहीबार बिहान साढे ११ बजे जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-११ तुलसी मार्ग स्थितबाट २७ वर्षीय विशाल घमाललाई पक्राउ गरेको हो ।
बैंकको जागिर छाडेर लागु औषध कारोबार शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए ।
उनको कोठामा प्रहरीले खनतलासी गर्दा ३ किलो ४ सय ग्राम गाँजा, ३०० ग्राम चरेश, ट्रमाडोल नामक लागुऔषध र तौल गर्ने मेसिन फेला पारेको छ । उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस