समाचार

धनकुटामा जारी निषेधाज्ञा १७ गतेसम्म लम्ब्याइयो

cdo office dhankuta

११ भदौ, धनकुटा । धनकुटामा जारी निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले एक हप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

धनकुटामा कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेकाले सङ्क्रमण रोक्न भदौ १७ गतेसम्मको लागि निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी दिए ।

जिल्लामा निषेधाज्ञा थप गरिएको भए पनि बजार पसल खुलाउने समयावधि भने बढाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए । दैनिक उपभोग्य सामग्री बिक्रीका लागि बिहान ७ बजेदेखि १० र साँझ ५ देखि ७ बजेसम्म खुला गर्न दिने निर्णय गरिएको छ ।

यस्तै, जिल्लाका सम्पूर्ण कार्यालयका कर्मचारीले प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना जिल्ला छोडेर जान नपाउने निर्णय गरिएको छ । बैठक, सभा सम्मेलन, गोष्ठी, अन्तर्क्रियाका नाममा मानिस भेला पूर्ण रुपमा बन्देज गरिएको छ ।

सामाजिक दुरी अनिवार्य कायम गर्ने र मास्क अनिवार्य लगाउन तथा भेडेटार र मुलघाटमा कडा जाँच गरी अनुगमन गर्ने समेत निर्णय गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस