समाचार

बीपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

११ भदौ, सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयुमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । बिहीबार साँझ पौने ७ बजे सिराह नगरपालिका १ का ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

सापकोटाकाअनुसार अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि भदौ ६ गते  सिरहा नगरगरपालिका १ बस्ने ती पुरुष उपचारका लागि प्रतिष्ठान आएका थिए । उनलाई सुरुमा मेडिसिन वार्डमा भर्ना गरिएको थियो भने भदौ ७ गते पीसीआर जाँचको रिपोर्ट कोरोना पोजिटिभ आएपछि कोभिड आस्पतालमा भर्ना गरिएको थियो ।

कोभिड अस्पतालको आईसीयुमा अक्सिजन दिएर उपचार गर्दागर्दै मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । मृतकले १८ महिनादेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएको र २० वर्षअघि क्षयरोग भएको प्रतिष्ठानले जनाएको छ । शवको व्यवस्थापन गर्न स्वास्थ्य प्रोटोकलअनुसार पहल भइरहेको प्रतिष्ठानले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *