समाचार

प्रहरीको धरपकडपछि उपत्यकामा होम डेलिभरी सेवा बन्द

pakrau

११ भदौ, काठमाडौं । खाद्यान्न तथा पकाइएको खाद्य वस्तु ग्राहकको मागअनुसार डेलिभरी सेवा प्रदान गर्ने आधा दर्जन सेवा प्रदायकका सञ्चालकसहित ८० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरले बिहीबार राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । निषेधाज्ञा जारी भएसँगै सरकारले यी सेवा पनि बन्द गरेकाले उनीहरुलाई नियनत्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै फुडमाण्डुका छन् । फुडमाण्डुका मात्रै २९ मोटरसाइकलसहित २९ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यस्तै फुडल्याण्ड, दराज अनलाइन, अनलाइन केक, नयाँ डटकम, भोजविल, स्वादिष्ट फुड, भ्यालि कम्प्लेक्स, डल्ले रेष्टुरेन्ट, स्वादिष्ट होम डेलिभरी, सोचेको डटकम, राशन मार्ट केकमाण्डु, केकमाण्डु लगायतका कर्मचारी पक्राउ परेका छन् ।

होम डेलिभरी सेवा दिइरहेका राजधानिका २५ वटा कम्पनीका ८० जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट एउटा गाडी र ५९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस