
१२ भदौ, काठमाडौं । अमेरिकामा आएको शक्तिशाली सामुद्रिक आँधीका कारण बिहीबार चार जनाको मृत्यु भएको छ । तीव्र गतिमा चलेको हावाले रुख ढाल्दा किचिएर १४ वर्षीया किशोरीसहित ४ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
झन्डै २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्याएको छ । आँधीले करिब ५ लाख घरमा क्षति पुर्याउनुका साथै औद्योगिक प्लान्टहरूमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबार साँझ भने आँधीको वेग घटेको जनाइएको छ । पछिल्लो समय ८५ किलोमिटर प्रतिघण्टाको वेगमा अर्कान्सस क्षेत्रतिर बतास अधिकारीले जानकारी दिएका छन् ।
प्रभावितहरूको उद्दार भइरहेको गभर्नर जोन बेल इडवार्डसले प्रेस ब्रिफिङ गर्दै बताएका छन् ।
प्रतिक्रिया दिनुहोस