समाचार

पक्राउ गरिएका ईकमर्स व्यवसायी छुटे, निषेधाज्ञा अवधिभर होम डेलिभरी गर्न नपाउने

Mahanagariya Prahari Teku

१२ भदौ, काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ भएका ईकमर्स व्यवसायी र डेलिभरीकर्तालाई निषेधाज्ञा अवधिभर अनलाइन डेभिलरी गर्न नपाउने कागज गराइ छोडिएको छ ।

खाना, तरकारी, बेकरी आइटम तथा दैनिक आवश्यकता वस्तुहरु ग्राहकमाझ पुर्‍याइरहेका यी व्यवसयीले अब निषेधाज्ञा अवधिभर सेवा सञ्चालन गर्न नपाउने भएका छन् ।

उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी ८० जना पक्राउ परेका थिए । उनीहरूलाई आफ्नो सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

पक्राउ परेकामध्य कति सञ्चालक थिए र कति डेलिभरीकर्ता थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *