समाचार

नारायणगढ-मुग्लिन सडक प्रयोगको दस्तुर निर्धारण, कुन सवारीसाधनले कति तिर्ने ?

muglin road

१२ भदौ, काठमाडौं । सरकारले नारायणगढ-मुग्लिन सडक उपभोग दस्तुर निर्धारण गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दस्तुर तय गरेको हो ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार ३६ किलोमिटर लामो नारायणगढ-मुग्लिन सडक खण्ड प्रयोग गरेबापत बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टले एकपटकमा ५५ रूपैयाँ तिर्नुपर्छ ।

यसैगरी हलुका सवारी साधनहरू जस्तै कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले २५ रूपैयाँ शुल्क तिर्नुपर्ने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

गत साउनमा मन्त्रिपरिषद बैठकले यो बाटो प्रयोग गरेबापत उपभोग दस्तुर लिने निर्णय गरेको थियो । त्यसैअनुसार मन्त्रालयले अहिले शूल्क तोकेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस