
१२ भदौ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
सडक माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
“सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस