समाचार

बारा र पर्साका सीमानामा खटिएका ४९ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

apf

१२ भदौ, काठमाडौं । बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४९ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । संक्रमित सशस्त्र प्रहरी काठमाडौंबाट थप मद्धतका लागी तराई गएका थिए ।

उनीहरुलाई बारास्थित गण नम्बर-४० (रिजर्भ गण) मार्फत परिचालन गरिएको थियो । संक्रमित सशस्त्र प्रहरीलाई अहिले पिलुवास्थित रिजर्भ गणमा तयार पारेको आईसोलेशनमा राखिएको छ ।  १५ दिनअघि क्वारेन्टाइनमा बसेका प्रहरीलाई काठमाडौं फिर्ता हुनुअघि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताईएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस