राजनीति

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

Nekapa Sachabalaiya Meeting

१२ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (शनिबार) ११ बजेलाई तय भएको सचिवालय बैठक भदौ १८ गतेसम्मलाई स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि सचिवालयको बैठक भदौ १८ गतेसम्म स्थगित गर्ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको बताए ।  शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।

पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस