समाचार

भारतमा कोरोना संक्रमणमा रेकर्ड, एकैदिन ७७ हजार सङ्क्रमित थपिए

covid 19 india art

१२ भदौ, काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोराेना संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना संक्रमित भएका हुन् ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस संक्रमित भएका छन्। मन्त्रालयको तथ्यांकअनुसार देशभरी अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना संक्रमित भएका हुन् ।

कुल संक्रमित मध्ये सात लाख ४२ हजार २३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् । सवैभन्दा धेरै संक्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा संक्रमितहरुको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ ।

त्यस्तै दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस