१२ भदौ, संखुवासभा । कोभिड–१९ संकट व्यवस्थापन समितिले संखुवासभामा एक साता निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेदेखि भदौ १८ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।
निषेधाज्ञामा सवारी साधन र बजार बन्दका साथै अत्यावश्यक बाहेक हिँडडुलमा समेत रोक लगाइएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछन् । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतीय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ ।
संखुवासभामा शुक्रबार पनि कोरोना संक्रमण थपिएपछि कोभिड–१९ संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस