समाचार

झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गर्ने पुजारी पक्राउ

rape

१२ भदौ, बाँके । बाँकेमा झारफुक गर्ने बहानामा दुई जनालाई बलात्कार गरेको आरोपमा पुजारी पक्राउ परेका छन् ।

बिहीबार इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको टोलीले डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बोलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोहम्मदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटीमा बोलाएका थिए ।

त्यहाँ उनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि प्रहरीले बिहीबार राति उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस