
१२ भदौ, दाङ । दाङमा आइतबार रातिदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आइतबार राति १२ बजेदेखि भदौ २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जानकारी दिए ।
निषेधाज्ञाका क्रममा जिल्लाभर सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भीड बढाउने कुनै पनि गतिविधि गर्न पाइने छैन ।
यसैगरी होटेल, रेष्टुराँ, खाजा घर, सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त वैंक तथा वित्तिय संस्थाहरुबाहेक सबै बैंकिङ सेवा बन्द गरिनेछ ।
प्रतिक्रिया दिनुहोस