
१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै देशभर ९२७ जना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस