
१२ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । संक्रमितमध्ये २० हजार २४२जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस