
१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस