समाचार

चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा

chitan narayangarh

१२ भदौ, चितवन । चितवनमा फेरि थप ७ दिनका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको निषेधाज्ञाको आदेश बिहीबार राति सकिने भएपछि पुनः ७ दिनका लागि थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिम कम भई नसकेका कारण मानिसहरुको आवतजावत र जमघटमा नियन्त्रण गर्न निषेधाज्ञालाई भदौ १९ गते राति १२ बजेसम्म निरन्तरता दिएको बताएका छन् ।

उनका अनुसार अत्यावश्यक सेवा अन्तर्गत देखिएको बैंक तथा वित्तिय संस्थालाई भने केही खुकुलो बनाइने भएको छ ।

व्यवसायीहरु र अन्य नागरिकबाट गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, केही खुकुलो बनाउने निर्णय भएको शर्माले बताए । साथै उद्योगधन्दा भित्र निश्चित स्थानमा क्वारेन्टाइनको व्यवस्था गरी आवाजजावत गर्न सकिने र कृषिजन्य ढुवानी, खानेपानी, बिजुली, इन्टेरनेट लगायतका सवारीसाधनलाई खुकुलो बनाइने निर्णय गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस