मनोरञ्जन ताजा समाचार

नेकपा नेता गौतमको नयाँ गीत ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ सार्वजनिक

bamdev gautam

१२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुची राख्छन् । उनका अहिलेसम्म दर्जनौ गीतहरु बाहिर आएका छन् ।  यस्तैमा गौतमको शब्द रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ भिडियो सहित सार्वजनिक भएको छ ।

गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतको स्वरले रहेको छ ।

गीतको म्युजिक भिडियो बिभिन्न भिडियो संयोजन गरेर निर्माण गरिएको छ । जसमा गौतम समेत देखिएका छन् ।  जीवन थापाको निर्देशन सम्पादन रहेको भिडियोमा दिर्घ गुरुङको छायाँकन रहेको छ ।

https://www.youtube.com/watch?v=xrsG7OgPM-U

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस