समाचार

कोरोना संक्रमणबाट चितवनमा एकैदिन तीन जनाको मृत्यु

covid 19 dead

१२ भदौ, चितवन । जिल्लामा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ वर्षका युवाको उपचारका क्रममा आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलका अनुसार भदौ ६ गते रुघा, खोकी र ज्वरो आएर उपचारका लागि भरतपुर अस्पताल आएका उनीमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै आज बिहान पुष्पाञ्जली हस्पिटलमा भरतपुरका ५१ वर्षका पुरुष र चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ की महिलाको कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको उमेर ७१ वर्ष थियो ।

यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो । कोरोनाका कारण जिल्ला भित्रका चार जनाको मृत्यु भएको छ भने एक कैलाली, एक गोरखाका र तीन जना मकवानपुरका रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस