समाचार

कास्कीमा जारी निषेधाज्ञा केही खुकुलो, शनिबारदेखि जोरविजोर प्रणाली लागू

pokhara road

१२ भदौ, पोखरा । कास्कीमा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबारदेखि जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले पहिलोपटक भदौ ३ गतेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा लगाएको थियो । भदौ ७ गतेदेखि प्रशासनले ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो जसको अवधि आज (शुक्रबार) रातिदेखि सकिँदै छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस