१२ भदौ, बाग्लुङ । विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य केशव निउरेलाई प्रहरीले पक्राउ गरेको छ ।
ताराखोला गाउँपालिका–५ घर भएका निउरेलाई प्रहरीले बिहीबार राति उनकै निवासबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जथाभावी चन्दा सङ्कलन गरेको आरोप लगाएको छ तर श्रीमती सरस्वती कँडेलका अनुसार उनी खाना खाएर घरमै बसेका बेला पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार निउरेमाथि थप अनुसन्धान भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस