स्वास्थ्य

धरानको विपि प्रतिष्ठानका डाक्टरले निःशुल्क टेलिफोनबाट बिरामीलाई परामर्श दिने

bp koirala

१२ भदौ, काठमाडौं । कोराना भाइरसको संक्रमण बढ्दै गएपछि वीपी प्रतिष्ठान धरानले निःशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु गरेको छ । संक्रमितको संख्या बढ्दै जाँदा अन्य विरामीहरुले उपचार नपाई रहेको अवस्थामा धरानमा भने अन्य विरामीहरुलाई सहजता प्रदान होस् भनेर परामर्श सुरु गरेको हो ।

प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागका प्रमुख प्राध्यापक डाक्टर सञ्जीव कुमार शर्माले शुक्रबार एक सूचना जारी गर्दै बिरामीको आइतबार देखि निःशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरू गर्ने  जानकारी दिएका छन् ।

विभागले आइतबार देखी शुक्रबार सम्म प्रत्येक दिन विहान १० वजे देखी १ वजे सम्म यो सेवा दिन लागेको हो । कोभिड १९ सगै मधुमेह, मुटु, क्यान्सर लगायतका दिर्घरोगीहरु संगै अन्य विरामीहरुले समेत निःशुल्क टेलिफोनबाट सेवा लिन सक्ने विभागले जनाएको छ ।

टेलिफोनबाट परामर्श संगै आवश्यकता अनुसार सामाजिक सञ्चालनबाट समेत सेवा दिईने डाक्टर शर्माले बताए । ओपिडि जस्तै, दैनिक चिकित्सकहरुलाई फोन गरेर यो सेवा लिन सक्नेछन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि अहिले असपतालहरुले ओपिडि सेवा बन्द गरेका छन् भने अस्पतालहरु कोराना सक्रमतिको उपचारमा केन्द्रीत भएका कारण प्रतिष्ठानको मेडिसिन विभागले यो सेवा सुरु गरेको हो ।

आइतबार देखि शुक्रबारसम्म बिहान १० देखि दिउँसो १ बजे तल नाम उल्लेख भएका डाक्टरहरूलाई  फोन गर्न सकिनेछ ।

  • सोमबार र बिहीबार प्रा.डाक्टर सञ्जीव कुमार शर्मा -९८०२७९५२६२
  • आइतबार र बुधवार डक्टर रविन मास्के – ९८४३९९७१७३
  • बुधवार र शुक्रबार डाक्टर सोनिया दुलाल- ९८०८०३३५१८
  • आइतबार र बिहीबार डाक्टर भूपेन्द्र शाह- ९८४३९९७१७८
  • सोमबार र बिहीबार डाक्टर रोशन क्षेत्री- ९८२४३८३५६०
  • मंगलबार र शुक्रबार डाक्टर प्रशान्तमणि त्रिपाठी- ९८४३९९७१७४
  • मंगलबार र शुक्रबार अनुराग उप्रेती- ९८५२०२७२६३

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *