समाचार

इन्धन बोक्ने ट्याङकर बिस्फोट

Tankar

१२ भदौ, विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा विष्फोेट भएको छ ।

आयल निगमको नजिकै रहेको राम अवतार मोटरर्स ग्यारेजमा पार्किङ गरेर राखेको अवस्थामा ना ४ ख ६१६६ नम्बरको ट्याङकर विष्फोट भएको मोरङ प्रहरीले जनाएको छ ।

विष्फोट बाट मानवीय क्षति नभएको तर ट्याङकरको पछाडिको भाग पूर्णरुपले क्षति भएको छ । नजिकैको बस्ती ठूलो आवाजले थर्किएको र घरहरुमा भौतिक क्षति भएको प्रहरी जनाएको छ ।

घरका टिनका छानाहरु उक्किएको र सीसाहरु फुट्नुका साथै ट्याङकर खाली भएकाले ठूलो क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस