१३ भदौ, काठमाडौं । आज (शनिबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
माैसमविद् मञ्जु बासीका अनुसार अहिले बिहान कतै पानी परेकाे छैन। धेरैजसाे स्थानमा आंशिकदेखि सामान्यसम्म बदली छ । याे भनेकाे धेरै ठाउँमा घाम लागेकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, शनिबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस