बैँक / वित्त

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, कसरी थाहा पाउने नयाँ नम्बर ?

rbb

१३ भदौ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले वागमती अंचलका ५ जिल्ला बाहेक सबै शाखाबाट खाता खोलेका ग्राहकको खाता नम्बर परिवर्तन गरेको हो

यसअघि १२ वटा अंक भएको खातानम्बर रहेकोमा अब नम्बर परिवर्तन गरी १६ अंकको कायम गरिएको बैंकले जनाएको छ । आफ्नो खाता नम्बर परिवर्तन भइसकेपछिको नयाँ नम्बर मोबाइल बैंकिङ तथा इंटरनेट बैंकिङबाट वा कार्यालयमा फोन गरेर समेत जानकारी लिन सकिने बैंकले जनाएको छ ।

त्यसका लागि सम्बन्धित शाखा वा केन्द्रीय कार्यालयको फोन नम्बर ०१–४२६८४१० तथा ०१–५९७००१८ मा सम्पर्क गरेर जानकारी लिन सकिने छ । मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकलाई भने एमएमएसबाट नयाँ खाता नम्बरबारे जानकारी पठाइएको बैंकले जनाएको छ ।

रसुवा, नुवाकोट, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका शाखाहरुबाट खाता खोलेका ग्राहकको भने खाता नम्बर परिवर्तन भएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस