समाचार

गण्डकी प्रदेशमा एक चिकित्सक सहित थप ९ जनामा कोरोना पुष्टि

pcr test lab

१३ भदौ, पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक जना मणिपाल अस्पतालका चिकित्सक र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका छन् ।

शुक्रबार मात्रै लमजुङ बेँशीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार बिहान ९ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०६५ पुगेको छ ।

यसअघि पनि मणिपाल अस्पतालका एक चिकित्सकलाई कोरोना पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *