समाचार

चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्यु

cmc

१३ भदौ, चितवन । चितवन मेडिकल कलेजमा थप एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको शनिबार विहान उपचारको क्रममा मृत्यु भएको हो । आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा कोरोनाबाट नौ जनाको मृत्युु भएको छ । जसमा चितवन जिल्लाका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस