
१३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका १५५ , ललितपुरका १९ र भक्तपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस