समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो, आजमात्रै १२ को मृत्यु

covid 19 dead body

१३ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट पाल्पाकी ३०, काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिला तथा पर्साका ४८ र ३९, सिरहाका ८४, गोरखा ३८, कास्कीमा ५८, काठमाडौंमा ८३, ललितपुरका ७२ र ६१ तथा भक्तपुरका ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार नेपालमा ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। संक्रमितमध्ये २० हजार ५५५ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस