समाचार

नदीजन्य पदार्थको चोरी निकासी बढ्यो

jcb

१३ भदौ, परासी । निषेधाज्ञाको मौका छोपेर जिल्लामा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । ट्याक्टरलाई कृषि प्रयोजनका लागि भनेर भित्री सडकमा हिँडडुलका लागि प्रशासनले खासै कडाइ नर्गदा जिल्लाका विभिन्‍न खोला नालाबाट ढुंगा, गिट्टी, बालुवाको चोरी निकासी बढेको हो ।

अधिकांश स्थानीय तहहरुले समेत चोरी नियन्त्रणतर्फ चासो नदिदा उक्त कार्य बढेको छ । त्यसरी चोरी गरेर ल्याइएका नदीजन्य पदार्थ विभिन्न स्थानमा स्टक गरेर राख्ने गरिएको छ । खोलाहरुमा ठेक्का नलगाएको अवस्थामा चोरी गरेर ल्याइएका त्यस्ता नदीजन्य पदार्थ महङोमा बिक्री गर्ने गरेको समेत पाइएको छ ।

यसैबीच नदीजन्य पदार्थ चोरी गरेर लैजादै गरेको अवस्थामा प्रहरीले ७ वटा ट्याक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिकाको झरही र तुरीया खोलाबाट २ वटा ट्याक्टर छन् ।

त्यस्तै पाल्हीनन्दन गाउँपालिकास्थित पिपरहियाको झरही खोलाबाट चोरी गरेर नदीजन्य पदार्थ लैजादै गरेको अवस्थामा ५ वटा ट्याक्टर पक्राउ गरिएको गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

पक्राउ परेका सबै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहहरुमा पठाइएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस