समाचार

दाङमा दुईजना चिकित्सकसहित थप १९ जनामा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी

rapti zonal hospital

१३ भदौ, दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुई जना चिकित्सकसहित  दाङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दुई जना विषेशज्ञ चिकित्सक, ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण बढेपछि दाङमा समुदाय स्तरमा परिक्षण बढाइएको अवस्थामा अस्पतालमा कोरोना संक्रमन भेटिएको हो । प्रादेशिक अस्पतालमा अन्य विरामीहरुको उपचार हुदै आएको छ । योसहित दाङमा शनिबार थप १९ जनामा कोरोना संक्रमन देखिएको छ । संक्रममित चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाने तयारी गरिएको छ ।

कम्तिमा ३ दिन अस्पताल सिल गर्ने तयारी

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा प्रवाह रोकिने भएको छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले अवस्था हेरेर कन्ट्याक्ट ट्रेसिङ गरिदासम्ममा अस्पताल पूर्णरुपमा सिल गर्नुपर्ने अबस्था देखिएको बताए । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ७६७ जना पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस