समाचार

विष सेवनपछि ८ महिने शिशुसँगै आमाको मृत्यु

death youth

१३ भदौ, धनगढी । कञ्चनपुरमा विष सेवनपछि ८ महिने शिशुसँगै आमाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका–१ गणेशबस्तीमा आमाले बच्चासँगै विष सेवन गरेकोमा उपचारका क्रममा शुक्रबार बिहान ८ महिने शिशुको मृत्यु भएको हो भने २४ वर्षीया आमाको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

विष आफैं सेवन गरेको या कसैले खुवाएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । घटना बिहीबार दिउँसो ३ बजे भए पनि उनीहरूलाई अस्पताल पुर्याइपछि मात्र प्रहरीलाई राति खबर भएको थापाले बताए । उनीहरूलाई श्रीमानले अस्पताल ल्याएका थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस