विश्व/प्रवास

कोरोना महामारी नियन्त्रण : चीनमा एक सातामा सयभन्दा कम संक्रमित

china covid 19

१४ भदौ, काठमाडौं । चीनमा एक सातामा सयभन्दा कम नयाँ संक्रमित भेटिएका छन् । अगस्ट २३ देखि २९ सम्ममा ८० जना नयाँ संक्रमित थपिएका हुन् ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार ९ जनामा संक्रमण पुष्टि भएको छ। ती सबै अन्य देशबाट आएका बिरामी भएको सीजीटीएनले जनाएको छ । त्यस्तै २७ जनाका निको भएर डिस्चार्ज भएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार लगातार अगस्ट २७ र २८ मा पनि ९ जना नै संक्रमित भेटिएका थिए भने २६ अगस्टमा ८ जना थप संक्रमित भेटिएका थिए । अगस्ट २५ र २४ मा क्रमशः १५ र १४ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै अगस्ट २३ मा साताभरिकै सबभन्दा धेरै १६ जना संक्रमित भेटिएका थिए ।

यसैबीच चीनमा दुई सातादेखि लगातार स्थानीय रूपमा संक्रमण फैलिएको छैन । अगस्ट १६ देखि हालसम्म स्थानीय रूपमा संक्रमण नभेटिएको हो । अगस्ट १५ मा भने ४ जना स्थानीय रूपमा संक्रमित भएका थिए ।

यस तथ्यांकले चीनमा महामारी नियन्त्रणमा रहेको देखिएको छ । गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म चीनमा ८९ हजार ८५५ संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ४ हजार ७२१ ले ज्यान गुमाएका छन् । त्यस्तै ८४ हजार ४७६ निको भइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस