
१४ भदौ, काठमाडौं । उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेकाे रेस्टुरेन्ट भवन शनिबार भत्किएकाे हाे ।
भवनले थिचिएका ४५ जनालाई शनिबार साँझसम्म उद्धार गरिएको छ भने तीमध्ये ७ गम्भीर र २१ जना सामान्य घाइते रहेका उद्धारमा संलग्नले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस