समाचार

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

gold shop

१४ भदौ, काठमाडौं । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेकाे छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँ थियो । यस्तै शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९६ हजार ७ सय रूपियाँमा काराेकार भइरहेकाे छ ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ३४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस