१४ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी (सिडिएल)सँग आफ्ना ग्राहकलाई छुट दिने सम्झौता गरेको छ ।
बैंकले ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेको हो । हाल कोभिड–१९ को कठिन समयमा ग्राहकको सहजताका लागि आरटी–पिसिआर परीक्षणमा छुट दिने व्यवस्था गरेको जनाएको छ ।
पीसीआर परीक्षणको सरकारी दरअनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस