
१४ भदौ, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् ।
आइतबार बिहान ३ बजे सेनाका जवानले आफूले बोकेको हतियारले घाँटीमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गोली घाँटीबाट छिरेर कञ्चटबाट निस्केको देखिएको छ ।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री हुन्।
महाशाखाले घटनास्थल मुचुल्का संकलन गरी अनुसन्धान थालेको प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताए।
प्रतिक्रिया दिनुहोस