समाचार

तीन जिल्लामा हट्यो निषेधाज्ञा, ४९ जिल्लामा कायमै

koteshwor lockdown

१४ भदौ, काठमाडौं । गुल्मी, पाँचथर र कालीकोटमा निषेधाज्ञा हटेको छ । कोरोना संक्रमण फैलन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेकामा संक्रमणको जोखिम घटेपछि निषेधाज्ञा हटाएका हुन् ।

तीनवटा जिल्लामा हटेपछि निषेधाज्ञा भएको जिल्ला ४९ वटा भएका छन् । बिहानसम्मको तथ्याङ्क अनुसार ४९ जिल्लामध्ये ३९ वटा जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार पूर्ण निषेधाज्ञा भएका जिल्लामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, स्याङजा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन् ।

त्यस्तै आंशिक निषेधाज्ञा  नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा लगाइएको छ । उनका अनुसार पछिल्लो केहि दिनयता निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या कम भएको छ ।

सरकारले जिल्ला तथा विभिन्न स्थानीय तहमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । प्रशासनको समन्वयमा केही जिल्ला तथा स्थानिय तहहरुले निषेधाज्ञा जारी गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस