
१४ भदौ, मोरङ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ ।
धरान नगरपालिका १७ नम्बर वडाका ७४ वर्षीया वृद्धा र ६० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
दुवै जनामा एक साता अघिदेखि अत्याधिक रुघाखोकी स्वाशप्रस्वाशमा समस्या र ज्वरो आएकाले शनिवार साँझ प्रतिष्ठानमा भर्ना भएका थिए । प्रतिष्ठानमा भर्ना भएलगत्तै उनीहरुको स्वाब संकलन गरिएको थियो । पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको डा.सापकोटाले बताए ।
शनिवार साँझ करिब २० मिनेट समय अघिपछि अस्पताल भर्ना भएका दुवै जनाको ४५ मिनेटको फरकमा मृत्यु भएको छ । शनिवार साँझ ८ बजे प्रतिष्ठानमा भर्ना भएकी आमाको आइतवार बिहान ८:३० बजे मृत्यु भएको हो । उनमा उच्च रक्तचाप मधुमेयको दीर्घ रोगको समस्या थियो ।
त्यस्तै शनिवार नै साँझ ८:५९ बजे भर्ना भएका छोराको आइतवार बिहान ७:४५ बजे मृत्यु भएको हो । जसमा मधुमेह र दुई महिनादेखि कलेजोमा समस्या देखिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमणबाट मृत्यु भएका दुवैको नेपाल सरकारको प्रोटोकल तथा नियमअनुसार व्यवस्थापन हुने पनि उनले जानकारी दिए ।