बैँक / वित्त

अब अरु बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने

atm counter

१४ भदौ, काठमाडौं । अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ ।  शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गरि यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अब नेपाल भित्रका कुनै पनि बैंकको  एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क लाग्ने छैन् । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था समेत निर्देशनमा प्रष्ट पारेको छ ।

साथै अबका दिनमा जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै ग्राहकलाई एसएमएसमार्फत सूचना दिनुपर्ने छ । तर, त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्कसमेत उल्लेख गर्नुपर्ने बताइएको छ ।

त्यस्तै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारको सीमा समेत केही हेरफेर गरेको छ । जस अनुसार डेबिट कार्डबाट मासिक ४ लाखसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै प्रतिकारोबार २५ हजारसम्म भुक्तानी गर्न सकिने र दिनमा १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

डेबिड कार्डबाट मासिक ४ लाखसम्म कारोबार गर्न सकिने पनि जनाइएको छ । इन्टरनेट बैंकिङमा भने दैनिक १० लाख र मासिक ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस