
१४, भदौ, चितवन । चितवनका उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् ।
जिल्लाका विभिन्न उद्योगी व्यसायी सम्बद्ध संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेका हुन् ।
पटक पटकको निषेधाज्ञाले आपूर्ति श्रृंखला टुट्न जाने र मानिसमा रोगभन्दा पनि भोक र तनाबले गम्भीर अवस्था आउने भन्दै गम्भीर ध्यानाकर्षण गराएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस