समाचार

कालिकोटमा पहिरोमा पुरिएर १ बालकको मृत्यु, ११ जना बेपत्ता

pahiro jumla

१४ भदौ, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा आईतबार बिहान पहिरो जादाँ ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राती पहिरो जाँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ ।

पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका ५ वर्ष ५ का निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिलसेनाले जानकारी दिए ।

पहिरोमा पुरिएका तिलागुफा नगरपालिका- ३ का ११  वर्षीय अर्जुन हमाललाई जिवितै उद्दार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । पहिरोमा परेकी हिमागाउँपालिकाकी ३५ वर्षिया पन्ना शाहीको पनि जिवितै उद्धार गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस