१४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस