समाचार

केन्द्रीय कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

Central Jail Kathmandu

१४ भदौ, काठमाडौं । केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो ।

कारागारको तीन वटै ब्लकमा रहेको कैदीबन्दीमा संक्रमण देखिएको छ । यसअघिका संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा पठाइएको थियो । आइतबार संक्रमण पुष्टि भएका मध्ये लक्षण देखिएकालाई अस्पताल र नदेखिएकालाई आइसोलेसन कक्षमा पठाउने तयारी भइरहेको कारागारले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस