समाचार

रुपन्देहीमा थप एक साता लकडाउन

CDO Office Rupandehi

१४ भदौ, बुटवल । गत भदौको ७ गतेदेखि रुपन्देही जिल्लामा जारी गरिएको लकडाउनको अवधि एक साता थप गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले यहीँ भदौं २० गतेसम्मलाई लकडाउन थप गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

सीसीएमसीको उक्त निर्णय अनुसार जारी गरिएको लकडाउन आइतबार राति १२ बजेपछि सकिँदै थियो । जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमै पुगिसकेको र नियन्त्रणको लागि अझै एक साता लकडाउन गर्ने निर्णय गरिएको पन्थले जानकारी दिए ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरू सहितको बैठकले उक्त निर्णय गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस