
१४ भदौ, काठमाडौं । आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिका बीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर)को प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिट्यान्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको छ ।
नयाँ सुविधाअन्तर्गत आफूलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्न आईएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पिन दाखिला गरी रकमको अवस्था यकिन गर्न सकिन्छ ।
यदि पठाएको रकम आईएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसका अतिरिक्त ‘नियर बाइएजेन्ट’ मा थिची आफूलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त सकिनेछ । यी सवै सुविधा प्राप्त गर्न आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
आईएमईले आईएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको जनाएको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदा सम्म उक्त रकमको ब्याज ५० सम्मको बोनस पनि प्राप्त हुने कम्पनीले जनाएको छ । यस्तो विषम परिस्थितिमा आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवा उपलब्ध गराउनेछन् ।
परिस्थिति सामान्यहुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिने कम्पनीले जनाएको छ ।