
१४ भदौ, हेटौंडा । हेटौंडामा प्रदेश स्तरीय कृषि थोक बजार निर्माणको तयारी सुरु गरिएको छ । थोक बजारको निर्माणका लागि बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
४१ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त बजार निर्माणका लागि ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र ३० प्रतिशत हेटौंडा उपमहानगरपालिकाले ब्यहोर्नेछ । सम्झौतामा उपमहानगरका मेयर हरिबहादुर महत र निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले किसानहरुलाई विचौलियाबाट उन्मुक्ति दिलाउनको निम्ति कृषि थोक बजार निर्माण गर्न लागिएको बताए । ‘किसानको सिधा सम्पर्क बजारसम्म पुर्याउनका लागि यस योजना ल्याइएको हौं । कृषि उपज उत्पादनलाई बजारिकरण गर्न थोक बजारले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ मुख्यमन्त्री पौडेलले भने ।